काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति दिएको १ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको कोडैना गाउँपालिका– २ घर भई हाल काठमाडौं महानगरपालिका – ३२ सुविधा नगर बस्ने २९ वर्षीय अविनाश ठाकुर रहेका छन् । प्रहरीका अनुसार उनलाई बैंकिङ्ग कसुर मुद्दामा १ करोड १५ लाख बिगो तोकिएको छ ।
अनुसन्धानको क्रममा उनी माथि ५ वटा बैंकिङ्ग कसुर मुद्दाहरूमा फरार उनी फरार रहेको खुल्न आएको छ । ठाकुरको विरुद्धमा जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा १५ लाख ५० हजार, २० लाख ५० हजार र २५ लाख बिगो भएको ३ वटा बैंकिङ्ग कसुर मुद्दाहरूमा फरार रहेको प्रहरीले जनाएको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा उनीविरुद्द २०८२ असार १५ गते दर्ता भएको बिगो ७ लाख भएको बैंकिङ्ग कसुर मुद्दा र जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा मिति २०८२ असार१९ गते दर्ता भएको बिगो एक करोड भएको बैंकिङ्ग कसुर मुद्दामा फरार रहेको खुल्न आएको छ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौं– ३२ सुविधा नगरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको जिल्ला प्रहरी परिसर,भद्रकाली काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।



About Us
प्रतिक्रिया