काठमाडौं – प्रभु बैंकको १२ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको १२ लाख ३५ हजार ६८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
यो शेयरमा हाल बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद निवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ।
निवेदन काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नपरेमा सर्वसाधरणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।



About Us
प्रतिक्रिया