काठमाडौं – कर्पोरेट डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले कानूनी अधिकृत र सूचना प्रविधि (आईटी) सहायक पदका लागि योग्य कर्मचारी माग गरेको हो । बैंकले कानूनी अधिकृतमा न्यूनत वकिल लाइसेन्ससहित कानूनमा स्नातक डिग्री पास गरी सम्बन्धित क्षेत्रमा न्यूनतम ३ वर्ष काम गरेको ४५ वर्षभन्दा कम उमेरका व्यक्तिले सो पदका लागि आवेदन दिन सक्नेछन् ।
त्यस्तै, सूचना प्रविधि (आईटी) सहायकमा सूचना प्रविधिमा स्नातक डिग्री हासिल गरी कम्प्युटर हार्डवेयररसफ्टवेयर, कम्प्युटर नेटवर्क र डेटा विश्लेषण जस्ता विषय बारे ज्ञान भएका १८ देखि ३० वर्ष उमेरहदका व्यक्तिले उक्त पदमा आवेदन दिन सक्नेछन्।
इच्छुक आवेदकले सो पदमा आजदेखि साउन २१ गतेदेखि भदौ २१ गतेसम्म बायोडाटा, पीपी-साइज फोटो, नागरिकताको प्रतिलिपि, शैक्षिक तथा अनुभव प्रमाणपत्र र अन्य सान्दर्भिक कागजातहसहित हस्तलिखित आवेदन दिन सक्नेछन् ।



About Us
प्रतिक्रिया