बैंकिङ्ग निक्षेपमा सामान्य गिरावट हुँदा कर्जा प्रवाह स्थिर


काठमाडौं– पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेपमा सामान्य गिरावट देखिएको छ। केन्द्रीय बैंकको साउन १६ र १७ गतेको तथ्यांकले बैंकिङ्ग निक्षेपमा सामान्य गिरावट देखाएको हो। 

साउन १६ गतेसम्म ७२ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट १ अर्बले घट्दै ७२ खर्ब २६ अर्बमा ओर्लिएको छ। यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप २ अर्ब रुपैयाँले घट्दै ६४ खर्ब ७३ अर्ब रुपैयाँमा पुगेको छ। 

सो समयमा कर्जा लगानी भने स्थिर रहेको छ। साउन १६ गते बैंकिङ्ग प्रणालीबाट  ५५ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा भोलिपल्ट पनि सोही रकम बराबरको कर्जा लगानी भएको छ।

  यस्तै, सो समयमा वाणिज्य बैंकहरुको कर्जा पनि स्थिर रहँदै  ४९ खर्ब ४४ अर्ब रुपैयाँ लगानी भएको छ। समीक्षा अवधिमा अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत र सिडी रेसियो ७६.०३ प्रतिशत रहेको छ।