काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेपमा ५ अर्ब रुपैयाँको गिरावट देखिएको छ । केन्द्रीय बैंकको साउन १३ र १४ गतेको तथ्यांकमा बैंकिङ्ग निक्षेपमा ५ अर्ब रुपैयाँको गिरावट देखिएको हो ।
साउन १३ गतेसम्म बैंकिङ्ग प्रणालीमा ७२ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा भोलिपल्ट घटेर ७२ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ। सो समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि ४ अर्ब रुपैयाँले घट्दै ६४ खर्ब ६७ अर्ब रुपैयाँमा खुम्चिएको छ ।
समीक्षा अवधिमा कर्जा लगानी भने १ खर्ब रुपैयाँले बढेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार सो अवधिमा सिडी रेसियो ७६ दशमलव ०३ र अन्तर बैंक ब्याजदर २ दशमलव ७५ प्रतिशत रहेको छ ।



About Us
प्रतिक्रिया