काठमाडौं – कर्जा सूचना केन्द्रका अनुसार पछिल्लो समय बैंकबाट लिएको ऋण र ब्याजको किस्ता तिर्न नसक्दा कालोसूचीमा पर्नेहरू बढेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १८ हजार ८ सय १ जना बैंकको ऋण र ब्याज तिर्न नसक्दा कालो सूचीमा परेका छन्।
एक वर्षमा कालोसूचीमा पर्नेहरू १२ सयले बढेका छन् । दुई वर्ष अघि अर्थात् आर्थिक वर्ष २०७९/८० मा यस्तो संख्या ३४ हजार थियो । आर्थिक वर्ष २०७८/७९ मा १५ हजार ९ सय ९५ थिए ।
यो अघिल्लो वर्षको तुलनामा झन्डै ६ हजार बढी हो । सो अवधिमा चेक बाउन्स तथा बैंकको कर्जा नियमित गर्न नसकेका कारण मात्रै गत आर्थिक वर्षमा कालोसूचीमा ५३ हजार थपिएका छन् । हालसम्म कालोसूचीमा पर्नेको संख्या झन्डै १ लाख ३० हजार पुगेको छ ।
कर्जा सूचना केन्द्रका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ५३ हजार ५ सय ७१ जना कालोसूचीमा थपिएका छन् । अघिल्लो वर्ष ५२ हजार ३ सय ३ जना यस्तो सूचीमा परेका थिए ।



About Us
प्रतिक्रिया