काठमाडौं– कामना सेवा विकास बैंकले विभिन्न ६ पदमा कर्मचारी माग गरेको छ । बैंकले चार्टर्ड एकाउन्टेन्ट्स, सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट्स, इन्फर्मेसन सेक्युरिटी डिपार्टमेन्ट, आईटी डिपार्टमेन्ट, ब्रान्च म्यानेजर्स र असिस्टेन्ट रिलेसनसिप म्यानेजर्समा लगायतका पदमा दरखास्त आह्वान गर्दै कर्मचारी माग गरेको हो ।
यी सबै पदमा बैंकले केही संख्यामा कर्मचारी मागेकाे हाे । असिस्टेन्ट पदका लागि उमेरको हद ३० वर्ष ननाघेको हुनुपर्नेछ भने अफिसर लेभलका लागि ३६ वर्ष नकटेको हुनुपर्नेछ । याेग्यता पुगकाे इच्छुक उम्मेदवारले अनलाइनमार्फत दरखास्त पेस गर्नुपर्नेछ। दरखास्त पेस गर्ने अन्तिम मिति साउन ३० गतेसम्म तोकिएको छ।




About Us
प्रतिक्रिया