नबिल बैंकको ऋणपत्र बाँडफाँट


काठमाडौं – नबिल बैंक लिमिटेडले साउन ६ देखि १० गतेसम्म निष्कासन गरेको ८ वर्षे अवधिको ७ प्रतिशत ब्याजदरको डिबेन्चर २०८९’ बाँडफाँड गरेको छ।

बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँका दरले ३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको ऋणपत्र साउन १५ गते बाडफाँट गरेको हो ।

जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट, ६० हजार कित्ता सामूहिक लगानी कोषलाई र ११ लाख ४० हजार कित्ता सर्वसाधारणमा बिक्री खुलाएको थियो। आवेदकले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित वेबसाइटः बाट हेर्ने नतिजा हेर्ने सक्नेछन् ।