काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय, बाँकेले कर्णाली विकास बैंक घोटाला प्रकरणमा जोडिएका आन्तरिक र बाह्य लेखा परीक्षकविरुद्ध पनि मुद्दा दायर गरेको छ । कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दिएको प्रतिवेदनका आधारमा उनीहरुविरुद्ध बाँकेको विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्धा खेप्ने आन्तरिक लेखा परीक्षकहरुमा बिनम कुमार श्रेष्ठ, गैरे एसोसियट्सका भुवन प्रसाद गैरे, टिके एसोसियट्सका तुलाराम कुर्मी र युडि एण्ड एसोसियट्सका उपेन्द्र देवकोटाविरुद्ध मुद्धा दायर गरेको हो । यस्तै, बाह्यतर्फ के पि एन एसोसियट्सका केशव प्रसाद न्यौपाने, सुरेश श्रेष्ठ एण्ड एसोसियट्सका सुरेश चन्द्र श्रेष्ठ, के पि एन एसोसियट्सका केशव प्रसाद न्यौपानेविरुद्ध समेत मुद्धा दायर गरेको छ ।
यसबाहेक, कार्यालयले कर्णाली डेभलपमेन्ट बैंकको लेखापरीक्षणमा भएको अपनलनका तथ्य पत्ता लगाउन सहयोग गर्ने बि लामा एसोसियट्सका बसन्त लामालाई साक्षीकारुपमा प्रस्तुत गरेको छ । उनले सीआईबीको अनुसन्धानमा सघाएको प्रहरीको प्रतिवेदनमा उल्लेख भएबमोजिम साक्षीमा राखिएको हो।
अनुसन्धानको क्रममा बुझ्दा निजले नेपाल लेखा परीक्षणमान ५०५ बमोजिम तेस्रो पक्षबाट पुष्टिकरण गर्ने कार्य बाँकी नै रहेको भनी उल्लेख गरी कागज गरेको समेत देखिन आएबाट हालसम्म संकलित तथ्य प्रमाणहरुबाट शंकित व्यक्ति बसन्त लामा उपर मुद्दा चलाउनु पर्ने अवस्था नदेखिएको जाहेरीमा उल्लेख छ । यद्यपी, अनुसन्धानको क्रममा पछि संलग्नता खुली आएका बखत कानुन बमोजिम हुने उल्लेख छ ।



About Us
प्रतिक्रिया