काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप एकैदिन ५ अर्ब रुपैयाँले बढेको छ । केन्द्रीय बैंकको साउन ७ र ८ गतेको तथ्यांकले बैंकिङ्ग निक्षेपमा ५ अर्ब रुपैयाँको वृद्धि देखाएको हो।
साउन ७ गतेसम्म बैंकिङ्ग प्रणालीमा ७२ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा भोलिपल्ट बढेर ७२ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ। सो समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि ५ अर्ब रुपैयाँले नै बढ्दै ६४ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कर्जा लगानी भने स्थिर रहेको छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार सो अवधिमा सिडी रेसियो ७५ दशमलव ९४ र अन्तर बैंक ब्याजदर २ दशमलव ७५ प्रतिशत रहेको छ।



About Us
प्रतिक्रिया