काठमाडौं – नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुङ्गानाले नयाँ बैंक खोल्न हतारिन नहुने बताएकी छिन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दे वरिष्ठ गभर्नर डा. ढुङ्गानाले नयाँ बैंक स्थापनाको विषयमा हाल चर्चा भइरहे पनि तत्काल लाइसेन्स बाँड्न हतारिनु उचित नहुने बताएकी हुन् ।
उनले सावधानीपूर्वक अध्ययन र मूल्याङ्कनबिना हतारमा लाइसेन्स दिन नहुने बताइन् । आगामी दिनमा बैंकिङ्ग क्षेत्रलाई थप प्रविधिमैत्री र पारदर्शी बनाउँदै जानुपर्ने आवश्यकता ढुङ्गानाले औँल्याएकी छन् ।






About Us
प्रतिक्रिया