बुटवल – कपिलवस्तुको चन्द्रौटास्थित लुम्बिनी विकास बैंकको शाखा कार्यालयमा आगलागी भएको छ । कृष्णनगर–चन्द्रौटा सडक खण्डको चन्द्रौटा चोक नजिकै रहेको बैंकको शाखा कार्यालयमा शनिबार बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक निरन्जन दत्त भट्टले जानकारी दिए ।
प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आइसकेको प्रहरी उपरीक्षक भट्टले बताए । ‘आगलागीबाट बैंकका इलेक्ट्रोनिक उपकरण, फर्निचर तथा महत्त्वपूर्ण कागजातहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन् । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन ।’,

उनले भने, ‘बैंकका म्यानेजर र कर्मचारीहरूलाई बोलाएर क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।’ आगलागीका कारण खुल्न सकेको छैन । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।



About Us
प्रतिक्रिया