बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको थाङपाल– २ मासखर्क घर भई काठमाडौंको नागार्जुन –१ रानीवन बस्ने ४६ वर्षीय रत्न बहादुर श्रेष्ठ रहेका छन् ।

 उनलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा ४ वटा बैंकिङ्ग कसुरका उजुरी रहेको खुल्न आएको प्रहरीले जनाएको छ । उनी २०७९/२०८१ सालमा  जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा २ वटा बैंकिङ्ग कसुर मुद्दाहरूमा फरार भएको खुल्न आएको छ ।

प्रहरी वृत्त महाराजगन्ज काठमाडौंमा २०८१ भदौँमा बैंकिङ्ग कसुर मुद्दामा फरार र २०८२ मा जिल्ला प्रहरी परिसर ललितपुरमा दर्ता भएको बैंकिङ्ग कसुर मुद्दामा फरार  रहेको खुल्न आएको छ । 

उनलाई प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय,भरतपुर चितवन पठाएकाे छ ।