५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्दै केन्द्रीय बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्ने भएको छ । केन्द्रीय बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्न बोलपत्र आह्वान गरेको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले ५० दरका ४२ करोड थान नेपाली नोटहरूको डिजाइन, मुद्रण, आपूर्ति र वितरण कार्य तथा सम्बन्धित सेवाहरूको लागि बोलपत्र आह्वान गरेको हो । केन्द्रीय बैंकले कम रकममा बोलपत्र पेस गर्नेलाई प्राथमिकता दिनेछ ।

इच्छुक राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्पनीले राष्ट्र बैंकले २०२५ सेप्टेम्बर ७ तारिकसम्म बोलपत्र पेस गर्न सक्नेछन् भने बोलपत्र शुल्क २५ हजार रुपैयाँ र बैंक ग्यारेन्टी ४ करोड रुपैयाँ तय गरिएको छ।