शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ऋणपत्र बाँडफाँट सम्पन्न


काठमाडौं – शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले जारी गरेको १० वर्षको अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘शाइन रेसुङ्गा डिबेञ्चर’ नामको १ अर्ब रुपैयाँबराबरको १० लाख कित्ता ऋणपत्रहरु साउन ८ गते निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बाँडफाँड सम्पन्न भएको छ ।

उक्त ऋणपत्र खरिदका लागि उत्साहजनक रुपमा ५.९५ गुणाभन्दा बढी आवेदन प्राप्त भएको थियो। जसले नेपाली बजारको वित्तीय दृष्टिकोण प्रति उच्च विश्वास प्रतिविम्वित गर्दछ ।

कूल निष्काशित रकमको ६० प्रतिशत व्यक्तिगत तवर र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याई एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा रहि गत असार ३२ गतेदेखि साउन ४ गतेसम्म निष्कासन गरिएको थियो। उक्त निष्काशनमा विभिन्न संघ, संस्था तथा सर्वसाधारणहरु मार्फत उत्साहजनक सहभागिता रहेको थियो।