बैंकिङ्ग प्रणालीको निक्षेपमा ७ अर्बको गिरावट, कर्जा प्रवाहमा सुधार


काठमाडौं – केन्द्रीय बैंकको साउन ४ र ५ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीको निक्षेपमा गिरावट देखिएको छ । तथ्यांकअनुसार साउन ४ गते ७२ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट घटेर ७२ खर्ब ४५ अर्ब रुपैयाँमा झरेको छ । 

यस्तै, सो समयमा वाणिज्य बैंकहरुको  निक्षेप पनि ७ अर्ब रुपैयाँले घटेको छ । सो समयमा  बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब रुपैयाँ कर्जा लगानी गएको छ । योसँगै बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन साउन ४ गतेसम्म कुल कर्जा लगानी ५५ खर्ब ६७ अर्ब रुपैयाँ थियो।

सो अवधिमा सिडी रेसियो ७५.७६ प्रतिशत कायम भएको छ। यस्तै, अन्तर बैंक ब्याजदर भने २.७५  प्रतिशतमा झरेको छ।