१० ठूला वाणिज्य बैंकको सम्पत्ति मूल्याङ्कन गर्न बंगलादेशी कम्पनीले पायो ठेक्का


काठमाडौं – १० ठूला वाणिज्य बैंकको सम्पत्ति गुणस्तर मूल्याङ्कन गर्न हौलादार युनुस एण्ड कम्पनीले ठेक्का पाएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै सम्पत्ति गुणस्तर मूल्याङ्कन गर्न हौलादार युनुस एण्ड कम्पनी परामर्श सेवाको लागि छनोट भएको बताएको हो ।

बंगलादेशको सो कम्पनीले १० वाणिज्य बैंकको लेखापरीक्षण गर्नका लागि ६२ लाख ५४ हजार ९१२ रुपैयाँमा सम्झौता गरेको हो। केन्द्रीय बैंकले सार्वजनिक खरीद ऐन, २०६३ बमोजिम सो कम्पनीलाई नियुक्त गरेको हो ।

२०८१ पुसमा आवेदन दिएका ६ कम्पनीमध्ये प्राविधिक प्रस्तावबाट बंगलादेशको हौलादार युनुस एन्ड कम्पनी मात्रै छनौट भएको थियो।