एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सञ्चालकबाट प्याकुरेलले दिए राजीनामा 


काठमाडौं – एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सञ्चालनबाट राजीव प्रसाद प्याकुरेलले राजीनामा दिएका छन् । प्याकुरेल गत असार ३१ गते सो पदबाट राजीनामा दिएका हुन् ।  

कम्पनीको साउन ५ गते सम्पन्न सञ्चालक समितिको १४७ औँ बैठकले प्याकुरेलको राजीनामा स्वीकृत गरेको हो ।