काठमाडौं – नबिल बैंकले आज (साउन ६) गतेदेखि ८ वर्षे ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित मूल्यको दरमा ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको हो।
जसमध्ये बैंकले १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट अन्य संघसंस्थालाई बिक्री गर्नेछ भने बाँकीको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि खुला गर्नेछ ।
बैंकले ८ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर रहेको नबिल डिबेन्चर २०८९ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । यसमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्गले बिक्री प्रबन्धकको काम गर्नेछ ।
उक्त ऋणपत्रमा छिटोमा साउन ९ गतेसम्म र ढिलोमा साउन २० गतेसम्म आवेदन दिन सक्नेछन् । जसमा न्यूनतम २५ कित्ता र अधिकतम ११ लाख ४० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
सो ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।



About Us
प्रतिक्रिया