काठमाडौं – गरिमा विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको डेढ लाख कित्ता बढी शेयर बिक्रीमा राखेको हो ।
बैंकको १ लाख ४७ हजार ८३४.६५ कित्ता शेयर बिक्रीमा छ । सो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद आवेदन दिन सक्नेछन्। शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ भने निवेदन काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरे अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले बताएको छ ।



About Us
प्रतिक्रिया