काठमाडौं – ज्योति विकास बैंकले आजदेखि विद्यमान संस्थापक शेयरधनीका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले केहि संस्थापक शेयरधनीको नाममा रहेको शेयरहरु मध्ये आंशिक /पुरा शेयर बिक्री खुला गरेको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा आवेदन दिन सक्नेछन् । इच्छुकले बैंकको केन्द्रिय कार्यालय कमलपोखरी काठमाडौंमा आफूले खरिद गर्ने शेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ ।
बैंकले तोकेको म्याद भित्रमा विद्यमान संस्थापक शेयरधनीबाट निवेदन नआएमा उल्लेखित शेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ । साथै, बैंकले शेयर संख्या भने खुलाएको छैन ।



About Us
प्रतिक्रिया