आइएमई खल्ती वालेट कम्पनी मर्जरको उदाहरण बन्यो : अध्यक्ष ढकाल


काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पहिलो वालेट कम्पनी मर्जरको उदाहरण आइएमई खल्ती लिमिटेड बनेको बताएका छन् । एकीकृत कारोबार सुरु गर्ने क्रममा आयोजित कार्याक्रमलाई सम्बोधन गर्दै वालेट कम्पनी मर्जरको उदाहरण बनेको बताएका हुन् ।

उनले आईएमई पे र खल्तीबीचको मर्जरले सरकारको डिजिटल यात्रामा अगाडि बढ्न सहयोग पुर्याउने समेत उल्लेख गरे । उनले यो मर्जरले आम सर्वसाधरणले धेरै सुविधा लिने उल्लेख गरे । ‘यो मर्जरपछि बलियो कम्पनी बन्ने हुँदा सरकारले देखेको डिजिटल नेपाल सपना पूरा हुन पनि सहज पुर्याउनेछ’ उनले भने, ‘सम्भव भएअनुसार डिजिटल भुक्तानीमा लाग्दै आएको शूल्कलाई शून्यमा झार्नुपर्छ ।’