आईएमई खल्ती लिमिटेडको सीईओमा विनय खड्का


काठमाडौं – आईएमई खल्ती लिमिटेडको प्रमुख कार्याकारी अधिकृत (सीईओ)मा विनय खड्का नियुक्त भएका छन् । आईएमई पे र खल्ती वालेट मर्ज भएर बनेको आईएमई खल्ती लिमिटेडको सीईओमा खड्का नियुक्त भएका हुन् ।

यसअघि उनी खल्तीको सीईओमा थिए । एनआईसी एशिया बैंकको डिजिटल मार्केटिङ प्रमुखको भूमिका सम्हालिसकेका उनी चाटर्ड एकाउन्टेन्ट हुन् ।