एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको अधिकृत मल्ले दिए राजीनामा 


काठमाडौं – एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख वित्त अधिकृत कपिन्द्र मल्लले राजीनामा दिएका छन्। मल्लले सो पदबाट जेठ १३ गतेदेखि लागु हुने गरी राजीनामा दिएका हुन् ।

उनको राजीनामा असार ३२ गते (हिजोदेखि) स्वीकृत गरेको कम्पनीले जानकारी दिएको छ ।