काठमाडौं – आईएमई पे र खल्ती वालेट मर्ज भएर आजदेखि ‘खल्ती बाइ आईएमई’ नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । दुवै कम्पनीका ग्राहकहरू एउटैमा समेटिएपछि १ करोड २७ लाख सेवाग्राही यो कारोबारमा जोडिएका कम्पनीले जनाएको छ । मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।
सञ्चालकमा को-को ?
मर्जरमा गएर बनेको नयाँ कम्पनी आईएमई खल्ती लिमिटेडको अध्यक्षको भूमिकामा कृष्णप्रसाद शर्मा रहनेछन् । उनी आईएमई डिजिटल सोलुसन्सका तर्फबाट अध्यक्ष बनेका हुन् । शर्माले नेपाल राष्ट्र बैंकमा ३० वर्ष लामो अनुभव सँगालेका छन् ।
यस्तै, आईएमई खल्तीको अर्का सञ्चालनमा दिवाकर पौडेल रहेका छन् । उनी पनि यसअघि आईएमई डिजिटल सोलुसन्समा आबद्ध थिए । यसैगरी, अर्का बोर्ड सदस्यका रूपमा सिताराम थापा नियुक्त भएका छन् । उनले लामो समय डिजिटल भुक्तानीमा काम गरिसकेका छन् । यस्तै, अर्का बोर्ड सदस्यमा प्रवीण रेग्मी रहेका छन् । उनी मर्ज अघिसम्म आईएमई पेको सीईओको भूमिकामा थिए । यस्तै,आईएमई खल्तीको सञ्चालक समिति सदस्यमा अमित अग्रवाल नियुक्त भएका छन् ।
उनी खल्तीका सह संस्थापक हुन् । यस्तै अर्का बोर्ड सदस्यमा अविन्द्र तामाङ्ग रहेका छन् । उनी यसअघि खल्तीका बोर्ड सदस्य र जानकी टेक्नोलोजीका सञ्चालक हुन् । यस्तै, अर्का बोर्ड सदस्यमा मनिष मोदी नियुक्त भएका छन् । उनी खल्तीका बोर्ड सदस्य थिए ।



About Us
प्रतिक्रिया