काठमाडौं – मिटर ब्याजका माध्यमबाट चर्को रकम असुली धन्दामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजकुमार बराल रहेका छन् । उनलाई आपराधिक लाभ मुद्दामा सोमबार डिल्लीबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख विश्व अधिकारीले बैंकिङ्ग समाचारलाई बताए ।
बरालले धेरै व्यक्तिलाई महँगो ब्याजमा करोडौँ लगानी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । उनले केही समय अगाडि ठेकदार मनोज भेटवालविरुद्ध करिब १० करोड रुपैयाँको चेक बाउन्स मुद्दा हालेका थिए। उनले नै दिएको सोही उजुरीका आधारमा भेटवाल पक्राउ परेका थिए। हाल भेटवाल छुटिसकेका छन्।
भेटवालले बरालले नै आफूलाई मिटरब्याजमा पैसा लगाएको बताउँदै मिटरब्याजको उजुरी दिएको प्रहरीले जानकारी दिएकाे छ। बराललाई १५ दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।



About Us
प्रतिक्रिया