पैसाको लोभमा बालिकाहरूको डिम्ब कारोबार


काठमाडौं – दुई जना बालिकाको डिम्ब बिक्री गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई केन्द्रीय अनुसन्धान कार्यालय (सीआईबी) ले २९ र ३० गते पक्राउ गरेको हो । 

उनीहरूले बालिकाहरूलाई केही रकमको प्रलोभन देखाएर डिम्ब कारोबार गरेको हुन सक्ने ब्युरोका प्रवक्ता युवराज खड्काले बताए । तर, यस विषयमा कति रकम दिएको होला भने विषय अभिभावकलाई नै थाहा न भएको खुल्न आएको छ । 

पक्राउ पर्नेमा जस्टिना प्रधान, डा.असिम अधिकारी, डा. स्वस्ती शर्मा, मालिनी चौधरी र एलिसा ओली रहेका छन् । उनीहरूलाई पक्राउ गरी अदालतमा मुद्दा दर्ता गरिएको खड्का बताउँछन् । 

यस घटनालाई ब्युरोले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को (थ)अनुसार सिआइबीले अनुसन्धान गरिरहेको प्रवक्ता खड्काले बताए । डिम्ब विकास गर्ने लामो समय लाग्ने भएकाले उनीहरूले उक्त बालिकाहरूलाई ९ देखि १० दिनसम्म इन्जेक्सन लगाएर राखिने गरेको खुल्न आएको छ । उनीहरूको बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता खड्काले बताए ।