राष्ट्र बैंकलाई तरलता व्यवस्थापन गर्नै सकस : ११ महिनामा १ सय ८५ खर्ब बढी प्रशोचन


काठमाडौं – नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो ११ महिनासम्ममा एक सय ८५ खर्ब ५८ अर्ब ७० करोड तरलता प्रशोचन गरेको छ । केन्द्रीय बैंकले जेठ मसान्तसम्मको अवधिमा १८५ खर्ब ५८ अर्ब ७० करोड तरलता प्रशोचन गरेको हो ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलन बोलकबोलमार्फत ८१ पटक गरी २७ खर्ब ८४ अर्ब ८० करोड तथा स्थायी निक्षेप सुविधामार्फत एक सय ३५ पटक गरी एक सय ८५ खर्ब ५८ अर्ब ७० करोड तरलता प्रशोचन भएको हो । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ओभरनाइट तरलता सुविधामार्फत उपभोग गरेको दुई अर्ब ७० करोड (कारोबारमा आधारित) घटाउँदा खुद दुई सय १३ खर्ब ४० अर्ब ८० करोड तरलता प्रशोचन भएको छ ।

अघिल्लो आर्थिक वर्षमा खुला बजार कारोबारका विभिन्न उपकरणमार्फत खुद ३८ खर्ब ६८ अर्ब ८४ करोड तरलता प्रशोचन गरिएको थियो । समीक्षा अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत २,७ खर्ब ८४ अर्ब ८० करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामार्फत १८५ खर्ब ५८ अर्ब ७० करोड रुपैयाँ गरी कुल २१३ खर्ब ४३ अर्ब ५० करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ भने रु.२ अर्ब ७० करोड रूपैयाँ ओभरनाइट तरलता सुविधा उपयोग भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरूमार्फत पटक–पटक गरी खुद १९०० अर्ब ८४ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको थियो। समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ५ अर्ब १ करोड खुद खरिद गरी ६७३ अर्ब २५ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ५ अर्ब ३३ करोड खुद खरिद गरी ७०८ अर्ब ८७ करोड तरलता प्रवाह गरेको थियो।

समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ४६ करोड बिक्री गरी ४ खर्ब ७१ अर्ब ३९ करोड रूपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ६४ करोड बिक्री गरी ४ खर्ब ८४ अर्ब ४४ करोड रूपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।