प्रतितोला २३ सय घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला एक लाख ९३ हजार ३ सय रूपैयाँमा कारोबार भएको छ।

यो आइतबारको तुलनामा प्रतितोला चार सय रूपैयाँले बढी हो। आइतबार बजारमा सुन प्रतितोला एक लाख ९२ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले बढेको छ। आइतबार प्रतितोला २२ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार २३ सय १५ रूपैयाँ पुगेको छ।