उद्योग प्रतिष्ठानका ५७ प्राविधिकलाई सीप स्तरोन्नति तालिम


विराटनगर- औद्योगिक क्षेत्रमा कार्यरत प्राविधिक कर्मचारीहरूको सीप स्तरोन्नतिका लागि उद्योग संगठन मोरङले तालिम प्रदान गरेको छ । संगठनले इन्स्योर परियोजनाको सहयोगमा लेथ सेटर अपरेटर, डिजिटल मार्केटिङ र एचएमआई प्रोग्रामिङ लगायतका विषयमा प्राविधिकहरूलाई तालिम दिएको हो ।

उद्योग कलकारखानामा कार्यरत प्रँविधिकहरूलाई थप सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तीन प्रकारका तालिम प्रदान गरिएको र तालिममा ५७ जना प्रशिक्षाँर्थी सहभागी भएको जनाइएको छ । संगठनका अध्यक्ष नन्दकिशोर राठीले प्रशिक्षाँर्थी हरूलाई प्रमाणपत्र प्रदान गरेका छन् । उनले तालिम पश्चात ज्ञान र सीप अभिवृद्धि हुने भएकोले उद्योगको उत्पादन वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

संगठनले उद्योगहरूको आवश्यकता बुझेर २४ को तालिम संचालन गरेको पनि जानकारी दिए । सहभागीहरूलाई लेथ सेटर तालिम अन्तरगत डिजाइन वा ड्रोइङ अनुसार मेशिन काट्ने र आकार दिने, एचएमआई तालिम अन्तरगत मानिस र मेसिनबीचको सम्बन्ध सहज, सुरक्षित र प्रभावकारी बनाउने तथा डिजिटल मार्केटिङ अन्तरगत छिटो, सस्तो र प्रभावकारी रुपमा उत्पादनको प्रचार–प्रसार गर्ने तरिकाबारे सिकाइएको संंगठनले जनाएको छ ।

संगठनले हालसम्म मोरङ–सुनसरी औधोगिक क्षेत्रका विभिन्न उद्योग प्रतिष्ठानका कार्यरत ५७६ जना प्राविधिक कर्मचारी तथा मजदुरहरूलाई प्राविधिक तालिम उपलब्ध गराएको जनाइएको छ ।