काठमाडौं – स्रोत नखुलेको रकम सहित एक जना चिनियाँ नागरिक पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनका ४० वर्षीय वाङ जियान रहेका छन् ।
काठमाडौं महानगरपालिका ६ बौद्ध नयाँ बस्तीस्थित एक घरमा कोठा भाडामा लिई बस्ने उनले श्रोत नखुलेको नेपाली रकमको कारोबार गर्न गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त बौद्ध समेतबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
उनको कोठाबाट प्रहरीले श्रोत नखुलेको नेपाली रकम फेला परेको छ । उनको उक्त डेरा कोठामा खानतलासी गर्दा प्रहरीले उनको नंं EG2216171 को पासपोर्ट र उनको साथमा रहेको एक करोड ४४ लाख रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।






About Us
प्रतिक्रिया