काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि अमेरिका अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ताप्लेजुङ मिक्वाखोला-५ घर भई हाल काठमाडौं -६ बस्ने ४७ वर्षीय मिङमाडुण्डु शेर्पा र दाङ तुलसीपुर-५ घर भएका ५४ वर्षीय स्वर्णिम कुमार बाँठा रहेका छन् । उनीहरूले अमेरिका पठाइदिन्छु भन्दै १ करोड ५९ हजार ठगी गरेको प्रहरीले जनाएको छ ।
शेर्पालाई प्रहरीले काठमाडौं-६ बाट र बाँठालाई दाङ तुलसीपुर ५ बाट पक्राउ गरिएको थियो । उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया