काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको सो सभा गत जेठ २६ गते सोमबार आम्रापाल व्याङक्वेट, भाटभटेनी नक्सालबाट सम्पन्न भएको हो ।
उक्त सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ। सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०८०/८१ को लागि ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ।
साथै, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।






About Us
प्रतिक्रिया