इमर्जिङ्ग नेपालको अध्यक्षमा भट्टराई नियुक्त 


काठमाडौं – इमर्जिङ्ग नेपाल लिमिटेडको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् । कम्पनीको असार १९ गते बसेको सञ्चालक समितिको १०० औँ बैठकको निर्णयले उक्त पदमा भट्टराई नियुक्त भएका हुन् । 

कम्पनीको सञ्चालक समितिका सदस्य भट्टराईलाई रिक्त रहेको सो पदमा बाँकीको कार्यकालका लागि नियुक्त गरेको हो ।