सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि सबै सेवा बन्द


काठमाडौं – सवारी चालक अनुमतिपत्रको प्रणालीमै समस्या आएपछि सेवाहरू बन्द भएका छन्। यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना सार्वजनिक गर्दै सवारी चालक अनुमति पत्रको प्रणालीमा समस्या आएको जानकारी गराएको हो।

‘सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली) हरूको सबै सेवाहरू बन्द भएको व्‍यहोरा जानकारी गराइन्छ।’ विज्ञप्तिमा भनिएको छ ।

विभागले उक्त समस्याको समाधान कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी अनुमतिपत्रसँग सम्बन्धित सबै सेवाहरू बन्द रहने उल्लेख गरेको छ ।