प्रभु बैंकको सञ्चालकमा अर्याल र अध्यक्षमा कार्की नियुक्त 


काठमाडौं – प्रभु बैंकको स्वतन्त्र सञ्चालक र अध्यक्ष फेरिएका छन् । बैंकको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याल र अध्यक्षमा किशोर जङ्ग कार्की नियुक्त भएका हुन् । 

बैकको असार १९ गते (हिजो) बसेको सञ्चालक समितिको ३८० औँ बैठकको निर्णयअनुसार सो पदमा अर्याल र कार्की नियुक्त भएका छन् ।