युके पठाइदिन्छु भन्दै १ करोड २० लाख ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं – बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि युके लैजाने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ललितपुर २५ घर भएका ४० वर्षीय प्रभाष रिसाल रहेका छन् । उनले एक जनालाई युके पठाइदिन्छु भन्दै १ करोड २० लाख रुपैयाँ  ठगी गरेको प्रहरीले जनाएको छ । 

उनलाई ललितपुर जिल्ला ललितपुर – ४ एकान्त कुनाबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरी जनाएको छ  ।