काठमाडौं – हिमालयन रिइन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले उक्त सभा जेठ २५ गते आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा सम्पन्न गरेको हो ।
उक्त सभाले हाल कायम रहेको चुक्ता पुँजी १० अर्ब ४० चालीस करोड रुपैयाँको ४.५० प्रतिशतका दरले हुन आउने ४६ करोड ८० लाख बराबरको बोनस शेयर तथा कर प्रयोजनको लागि २ करोड ४६ लाख ३१ हजार ५७८ रुपैयाँको ०.२४ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, सभाले आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षक नियुक्त गर्ने तथा परिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको हो ।





About Us
प्रतिक्रिया