२ दिनमा ३६ सय रुपैयाँले बढ्यो सुनको मूल्य 


काठमाडौं – मंगलबार बढेको सुनको मूल्य आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला एक हजार दुई सय रुपैयाँ बढेको हो । हिजो सुनको मूल्य तोलाको दुई हजार चार सय रुपैयाँ बढेको थियो।

मूल्य बढेर आज सुन तोलाको एक लाख ९१ हजार सात सय रुपैयाँमा किनबेच भइरहेको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ९० हजार पाँच सय रुपैयाँ थियो। योसँगै २ दिनमा सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले बढेको छ।

सुनको मूल्य गएको शुक्रबारदेखि सोमबारसम्म लगातार घटेको थियो। शुक्रबार तोलामा दुई हजार नौ सय, आइतबार एक हजार र सोमबार तीन सय रुपैयाँ घटेको सुनको मूल्य हिजो र आज लगातार बढेको हो। आज चाँदीको मूल्य तोलाको दुई हजार एकसय ४५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ।