असार २२ गतेदेखि आईपीओ जारी गर्दै माबिलुङ्ग इनर्जी


काठमाडौं – माबिलुङ्ग इनर्जीले असार २२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १८ लाख ९० हजार ५३० कित्ता शेयर बिक्री खुला गर्ने भएको छ । यस्तै, १० प्रतिशत अर्थात ३ करोड ८५ लाख ८२ हजार रुपैयाँको ३ लाख ८५ हजार ८२४ कित्ता शेयर आयोजना प्रभावित क्षेत्र संखुवासभाको मादि नगरपालिका वडा नम्बर ७, ८, ९ र चैनपुर नगरपालिका वडा नम्बर २, ३, ७, ८, ९ का स्थानीय बासिन्दालाई छुट्याएको जनाएको छ ।