काठमाडौं – पछिल्लो समयमा बैंकिङ्ग निक्षेपमा वृद्धि देखिएको छ । केन्द्रीय बैंकको असार ८ र ९ गतेको तथ्यांकअनुसार बैंकिङ्ग निक्षेपमा ६ अर्बको गिरावट देखिएको हो ।
असार ७ गतेसम्म ७० खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट घटेर ७० खर्ब २० अर्ब रुपैयाँमा सीमित भएको छ । यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि ६ अर्बले नै घटेर ६२ खर्ब ८०अर्ब रुपैयाँमा सीमित भएको छ ।
सो अवधिमा बैंकिङ्ग निक्षेपसँगै कर्जा प्रवाहमा भने सामान्य वृद्धि देखिएको छ । असार ८ गतेसम्म बैंकिङ्ग प्रणालीबाट ५५ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । अघिल्लो दिन ५५ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
असार ८ गतेसम्म ४९ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले ९ गते ४९ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७८ दशमलव २७ प्रतिशत रहेको छ ।



About Us
प्रतिक्रिया