काठमाडौं – आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ अंकले बढेर बजार २५ सय ९५ दशमलव ८१ को बिन्दुमा बन्द भएको हाे। त्यस्तै, आज ४ अर्ब ४६ करोड रुपैयाँको शेयर कारोबार भएको छ। आज १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ७ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।
आज सबैभन्दा बढी कुमारी बैंकको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २५ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, घलेम्दी हाइड्रोको १९ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी धौलागिरी लघुवित्तको कम्पनीका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, स्नो रिभर्सका लगानीकर्ताले १३.९२ प्रतिशतका दरले कमाएका छन्।
आज सबैभन्दा बढी गुमाउनेमा रिज लाइन इनर्जीका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६.२९ प्रतिशतका दरले गुमाएका छन्।






About Us
प्रतिक्रिया