काठमाडौं – चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुले करिब ४८ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको हुन् ।
समीक्षा अवधिसम्म सर्वाधिक नाफा कमाउने नबिल बैंक अग्रस्थानमा रहेको छ । नबिल बैंकले कमाएको छ । नबिलले ५ अर्ब ६० करोड रुपैयाँ नाफा आर्जन गर्दा ग्लोबल आईएमई बैंकले ५ अर्ब ३५ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब २ करोड, एभरेष्ट बैंकले ३ अर्ब ९० करोड, नेपाल बैंकले ३ अर्ब २८ करोड र एनएमबी बैंकले २ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
यसैगरी, प्राइम कमर्सियल बैंकले २ अर्ब ५८ करोड स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ३४ करोड, लक्ष्मी सनराइज बैंकले २ अर्ब १५ करोड र सिद्धार्थ बैंकले २ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।यस्तै, प्रभु बैंकले २ अर्ब १४ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ८७ करोड ५ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ७७ करोड ४ लाख रुपैयाँ र कृषि विकास बैंकले १ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
समीक्षा अवधिसम्म नेपाल एसबीआई बैंकले १ अर्ब ३८ करोड २० लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब ३१ करोड ३५ लाख रुपैयाँ, सिटिजन्स बैंकले १ अर्ब १८ करोड १५ लाख रुपैयाँ, हिमालयन बैंकले ६८ करोड ३४ लाख रुपैयाँ, कुमारी बैंकले ४८ करोड १९ लाख रुपैयाँ र एनआईसी एशिया बैंकले ४७ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।



About Us
प्रतिक्रिया