काठमाडौं – केही सञ्चार माध्यममा नेपाल बैंक लिमिटेडबाट २०७४/७५ मा २० अर्ब ४० करोड १५ लाख रुपैयाँ गायब भएको भन्ने भ्रामक समाचारप्रति बैंकले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
बैंकले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त समाचार पूर्ण रूपमा तथ्यहीन र भ्रमजनक भएको स्पष्ट गरिएको छ । बैंकले नेपाल राष्ट्र बैंकका निर्देशन तथा प्रचलित कानुनअनुसार आफ्ना हिसाब-किताब सञ्चालन गर्दै आएको र नियामक निकायलाई आवश्यक वित्तीय विवरणहरू नियमित रूपमा उपलब्ध गराउँदै आएको जनाएको छ ।
विज्ञप्तिमा त्रैमासिक तथा वार्षिक विवरणहरू सार्वजनिक पहुँचमा राखिँदै आएको उल्लेख गर्दै, गलत जानकारीमा आधारित समाचारप्रति विश्वास नगर्न सम्पूर्ण सरोकारवालालाई अनुरोध गरिएको छ ।
नेपाल बैंकले आफ्नो वित्तीय अनुशासन, पारदर्शिता र नियामक नीतिप्रति पूर्ण प्रतिबद्धता पुनः दोहोऱ्याउँदै नेपाल सरकार, ग्राहकवर्ग, नियामक निकाय तथा सर्वसाधारणलाई तथ्यमा आधारित जानकारीमा विश्वास गर्न आग्रह गरेको छ ।



About Us
प्रतिक्रिया