‘अकाउन्ट एग्रिगेटर सञ्चालन गर्नुको मुख्य लक्ष्य व्यवसाय विस्तार गर्नु हो’


हामीले डिजिटल बैंक, नियो बैंक र ओपन बैंकको कुरा गर्दा ओपन बैंक यी दुई भन्दा फरक छ त्यसलाई हामी पछि हेरौँ । तर डिजिटल बैंक र नियो बैंक भन्दा सामान्यतया प्रयोग गरिरहेका हुन्छौँ । यसको परिभाषा यही नै भन्ने हालसम्म छैन ।  डिजिटल बैंक र नियो बैंकको परिभाषा हेर्दा डिजिटल बैंक भनेको अहिलेको जुन परम्परागत बैंक छ । उहाँहरूले सीमित कामहरू अनलाइन माध्यमबाट गर्दै आउनु भएको छ । उदाहरणका लागि मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्गलाई लिन सकिन्छ । 

नियो बैंक पनि डिजिटल बैंक जस्तै हो । यसमा केही भिन्नता कहाँ हुन्छ भने यो बैंकको रूपमा बनाइन्छ । जसले सबै सेवाहरू अनलाइनमार्फत या मोबाइल एप्लिकेसनमार्फत प्रदान गर्ने गर्दछन् । नियो बैंक इनोभेसनमा केन्द्रित हुन्छ । सेवाग्राहीको अनुभवमा केन्द्रित हुन्छ । ओपन बैंक भने नियो बैंक र डिजिटल बैंकिङ्ग भन्दा धेरै फरक हुन्छ । ओपन बैंक भनेको बैंक होइन । यो एउटा फ्रेमवर्क,  रेगुलेसन मात्रै हो । जसमा हाल हामीले गरिरहेको बैंकिङ्ग छ त्यसलाई खुल्ला गरिदिने पार्ट हुन्छ । हाम्रो जति पनि बैंकिङ्ग सेवा छ त्यो तेस्रो पक्षलाई दिने खालको फ्रेमवर्कलाई ओपन बैंक भन्ने गरिन्छ । ओपन बैंकले हामी नियो बैंकको अवधारणामा जान चाह्यौँ भने सेवा प्रदान गर्ने माध्यम बनिदिन्छ । 

गत वर्ष हामीले अकाउन्ट एग्रिगेटरको अवधारणा अवलम्बन गरेका थियौँ । अकाउन्ट एग्रिगेटर ओपन बैंकिङ्गको एउटा पाटो हो। अकाउन्ट एग्रिगेटरमा बैंकिङ्गको मात्रै सूचना नभएर व्यक्तिको अन्य क्षेत्रको पनि सूचना एकै ठाउँमा ल्याउनु हो । यसमा बैंक सूचना प्रदान गर्ने कम्पनी या उपभोक्ताको हिसाबले बस्न सक्छ । अकाउन्ट एग्रिगेटर सञ्चालन गर्नुको मुख्य चाहना भनेको व्यवसाय विस्तार गर्न पनि सामान्य सूचनाहरूको आवश्यकता पर्ने गर्दछ । डिजिटल लगानीको प्लेटफर्महरु खास चलेको देखिँदैन ।  यी प्लेटफर्मको प्रयोग गर्न पनि एग्रिगेटर सूचना संकलन गर्नुपर्ने हुन्छ । यसमा हामीले ब्लकचेन प्रविधिको प्रयोग गरेर राम्रो काम गर्न सकोस् भन्ने हिसाबले प्रक्रिया अगाडी बढाएका छौँ । 

(फोन पेका सीईओले ‘ओपन बैंकिङ्ग र फिनटेक: सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो बैंकको नियमाकीय अवधारणामा’ नामक तेस्रो सत्रमा राखेका विषयहरूमा आधारित)