बैंकिङ्ग कसुर मुद्दामा ७२ लाख ८३ हजार बिगो कायम गरिएका फरार दुई व्यक्ति पक्राउ


काठमाडौं – बैंकिङ्ग  कसुर मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई इलाका प्रहरी कार्यालय, त्रिभुवन बस्ती, कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

उनीहरूलाई  बैंकिङ्ग कसुर मुद्दा ७२ लाख ८३ हजार तोकिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कञ्चनपुरका राम बहादुर गिरी थारु र  मिलन राना रहेका छन् ।

थारुलाई  बैंकिङ्ग  कसुर मुद्दामा १ वर्ष १० महिना ७ दिन कैद सजाय र पच्चिस लाख, चालिस हजार जरिवाना तोकिएको थियो भने, रानालाई बैंकिङ्ग कसुर मुद्दामा नै बाइस लाख,त्रियासी हजार जरिवाना तोकिएको थियो ।