नबिल बैंक सबै नेपाली नागरिकहरूको लागि सेवा दिने बैंक बनिसकेको छ । विभिन्न जिल्लामा शाखा विस्तार भैसकेको छ । पहिला कर्पोरेट क्षेत्रमा मात्र लक्षित बैक आज सबैको लागि सेवा दिइरहेको छ । बैंकहरुको लगानीको क्षेत्र हेर्ने हो भने लगभग १८ प्रतिशत जति छ ‘कन्जम्सन लोन ’मा जान्छ ‘रियल स्टेड’ मा ८ प्रतिशत जान्छ । कृषि कर्जामा पनि राम्रै गइरहेको हुन्छ यसमा सदुपयोग केमा भइरहेको छ भन्ने कुरामा ध्यान दिन आवश्यक छ । बैंकहरुले सबै क्षेत्र हेरेर कर्जा प्रवाह गरिरहेका हुन्छन् । राज्यलाई सहायता पुग्ने गरी केमा काम गरेऊ भन्ने प्रश्नमा हाइड्रोपावरको क्षेत्रको लगानीमा नबिल बैंक सधैँ अग्रस्थानमा रहेको छ।

बैंकिङ्ग क्षेत्रको सो क्षेत्रमा पोर्टफोलियो ८ प्रतिशत छ भने नबिल बैंकको इनर्जी सेक्टरमा पोर्टफोलियो १० प्रतिशत हाराहारी पुग्न लागेको छ । नबिल बैंकले ३८ अर्ब उज्यालो बनाउनेमा लगानी गरेको छ भने पर्यटन, होटेलहरूमा पनि राम्रो लगानी छ । नबिल बैंकको कुरा गर्ने हो भने कुनै ६० अर्बको योजनाको काम छ भने त्यसमा १५ अर्बको लगानीको क्षमता बैंकसँग छ । तसर्थ, बैंकहरुलाई राम्रोसँग थाहा छ बैंकले गरेको लगानीको प्रतिफल वा यसको फाइदा के हो थाहा हुन्छ । बैंकले दिएको कर्जाले जिडिपीलाई योगदान गरेन उपभोगमा ‘फाइनसिङ्ग ’ गर्यौँ या अन्य क्षेत्रमा गर्यौ यसमा बैंकहरु मात्र दोषी छैन । राज्यको आर्थिक गतिविधिमा अवश्य बैंकको भूमिका हुनुपर्छ तर बैंकहरुले पनि भुल्नु हुँदैन शेयरधनीहरू हुन्छन् ।

त्याे पक्षबाट पनि बैंकहरुले सोच्नुपर्ने हुन्छ र सबै बैंकहरुको पहुँच हरेक गाउँ-गाउँमा पुगिसकेको छ । खाताको हिसाबले हेर्ने हो भने, पाँच करोड ४० लाख खाता खोलिएको छ । देशको आर्थिक गतिविधिलाई बढाउन सहयोग गर्न बैंकहरु सधैँ तयार रहेका छन । तर, आत्मबल बढाउने, त्यसलाई व्यवस्थापन गर्ने र निर्देशन गर्ने काम सरकार र नियमनकारी निकायको रहेको छ । फिनटेकले दैनिक जीवन सहज बनाएको छ । बैंकमा लाइन लाग्नुपर्ने अवस्थामा घर बसेर कारोबार गर्न सकिन्छ । बैंकहरुले ‘पेमेन्ट ’ मा धेरै सहज बनाइसकेको छ । नबिल बैंकको कुरा गर्ने हो भने ९० प्रतिशत डिजिटल कारोबार हुने गरेको छ । तरपनि ग्राहकहरूको गुनासो कारोबार गर्दा बापत लाग्ने शुल्क धेरै भएकोमा भन्ने हुन्छ । तर जुनसुकै बैंकलाई सबै भन्दा बढी खर्च केमा हुन्छ भनेर सोध्ने हो भने फिनटेकको खर्च बढी भन्ने हुन्छ । सफ्टवेयर डेभलपमेन्टमा बढी खर्च हुने गर्छ ।

अहिले बैंकबाट ऋण लिने तर, व्यवसायबाट सोचेको प्रतिफल नआएपछि ऋण तिर्न नसकेर बैकको कमी निकाल्न थाल्ने र फेसबुकमा बैंक फटा हो भन्ने प्रवृत्तिले बैंकिङ्ग क्षेत्र बदनाम भएको हो । बैंक नभएको भए देशको आर्थिक गतिविधिलाई कसले व्यवस्थापन गर्छ भन्ने सोचेका छैनन् । बैंक भनेको ग्राहकको पैसा सुरक्षित र व्यवस्थापन गर्ने माध्यम हो । ठुला व्यवसायी र हुने खानेलाई मात्र बैंकले पैसा दिन्छ भन्ने भान छ यसमा ठिकै हो । बैंकले पैसा फिर्ता गर्न नसक्नेलाई दिन सक्दैन किनभने बैंकको पनि आफ्नो नीति नियम छ । सरकारले पनि बजेटमा नियो बैंकको अवधारणाको कुरा राखेको छ । जसको लागि नबिल बैंकमा पनि तयारीमा जुटेको छ । टिम बनेर काम गरिरहेका छौँ। नेपाल सरकारले साँच्चिकै नै नेपालको आर्थिक पाटोलाई सुधार्ने हो भने निफ्रा लगायतको अन्य कम्पनी खोल्ने मात्र होइन यस्ता कम्पनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा पनि ध्यान दिन आवश्यक छ ।
(सीईओ ज्ञवालीले ‘नेशनल बैंकिङ्ग डिस्कोर्श, २०२५’ को ‘नेपालमा कर्जा बिस्तारको चुनौती: लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ शीर्षकमा नामक पहिलाे सत्रमा राखेका विषयहरूमा आधारित)





About Us
प्रतिक्रिया