आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुट्यो राष्ट्र बैंक, माग्यो सुझाव


काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीति ल्याउन सुरुआती प्रक्रिया अगाडि बढाएको छ।केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै सरोकारवाला निकायहरुसँग मौद्रिक नीतिका लागि राय-सुझाव माग गरेको हो ।

सूचनामा उल्लेख भएअनुसार सरोकारवाला निकायहरूले आउँदो असार १० गतेभित्र राय-सुझाव पठाउन सक्नेछन्। सुझाव राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा ई-मेलमार्फत पठाउन सक्नेछन् ।

आर्थिक अनुसन्धान विभागले [email protected] मा पठाउन भनेको छ । राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाअनुसार नयाँ आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र वार्षिक मौद्रिक नीति ल्याउनुपर्छ ।