साना तथा मझौला उद्यममा लगानी बढाउन साक्षरता कार्यक्रम अनिवार्य गर्नुपर्छ: सीईओ ढकाल 


काठमाडौं – ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)  कपिल ढकालले साना तथा मझौला उद्यममा लगानी बढाउन साक्षरता कार्यक्रम अघि बढाउनुपर्ने बताए ।

तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ को दोस्रो सत्र ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्या: समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ मा बोल्दै उनले साना तथा मझौला उद्यमहरूमा जाने कर्जा केही समस्या देखिएको बताएका हुन् । 

बचतकर्ताको बचत सुरक्षा गर्दै सुरक्षित लगानी गर्नुपर्ने रहेको बताउँदै उनले सुरक्षित लगानी गर्न बैंकहरु तयार रहेको बताए । उनले बैंकहरु साना तथा मझौला उद्यमहरूमा लगानी गर्न तयार रहेको र ऋण लिन पनि चाहेको भए पनि साक्षरता कमी हुँदा केही अन्यौलता सिर्जना भएको बताए ।

सीईओ ढकालकाअनुसार हरेक बैंकले शाखा प्रबन्धकलाई नै वित्तीय साक्षरताका तालिम प्रदान गर्ने गरी तयारी गरिरहेको छ ।