काठमाडौं – कुमारी बैंक लिमिटेडले विद्यामान संस्थापक शेयरधनीहरुका लागि संस्थापक शेयर बिक्री खुला गरेको छ । बैंककले विभिन्न संंस्थापक शेयरधनीहरुको नाममा रहेको ३१ हजार ९ सय २८कित्ता शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक विद्यामान संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् ।
आवेदन दिन इच्छुकले यस बैंकको शेयर रजिष्ट्रार काठमाडौं–१ नक्साल नाग पोखरी वा बैंकको प्रधान कार्यालय काठमाडौं –२ टंगाल आइपुग्ने गरी दिनुपर्नेछ ।



About Us
प्रतिक्रिया